logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना प्रभाव : भारतले आफ्ना नागरिकसहित सम्पूर्ण विदेशीको आगमनमा रोक लगायो


अंकुरण खबर
910
Shares

कोरोनाभाइरसका कारण भारतले विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई मार्च १३ बाट लागु हुने गरी अप्रिल १५ सम्म प्रतिबन्ध लगाएको छ ।

विश्वस्वास्थ्य संगठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारीको घोषणा गरेसंगै भारतले यस्तो कदम चालेको हो ।

अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक लगाएको घोषणा गरेको छ ।

बुधबार भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश नदिने गरि ‘यात्रा निर्देशिका’ जारी गरेको हो । निर्देशिकामा उल्लेख गरे अनुसार कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।

निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दुतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’ साथै, आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ ।