बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २३ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ९१ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ५७ पैसा छ।
