logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मार्क इन्टरनेशनल किड्नी सेन्टरको सप्ताहव्यापी वृहत नि:शुल्क स्वास्थ शिविर : यस्तो छ परीक्षणको तालिका


अंकुरण खबर
2.327K
Shares

विश्व मिर्गौला दिवसको सन्दर्भमा कलंकी स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले साता व्यापी निशुल्क स्वास्थ शिविरको आयोजना गरेको छ ।

आफ्नो प्रथम बार्षिक उत्सवको अबसर पारेर किड्नी सेन्टरले लायन्स क्लब काठमाडौंको सह-कार्यमा स्वस्थ मृगौला, स्वस्थ जीवन अभियान भन्ने मूख्य नाराका साथ आज(बिहिबार) प्रभात फेरि निकाल्नुका साथै रक्तदान कार्यक्रम गरेको छ ।

किड्नी सेन्टरकै प्राङगणमा सञ्चालन हुने नि:शुल्क शिविरमा रक्तचाप,मधुमेह,पिसाब, छाला,पथ्थरी, आँखा, दाँत लगाएतको परीक्षण गर्नुको साथै विशेषज्ञद्धारा परामर्श दिइने छ । सेवा नै धर्म हो भन्ने आशयका साथ सञ्चालन गरिएको शिविरमा स्वास्थ परीक्षण गरि फाईदा लिन किड्नी सेन्टरका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाले सबैलाई आग्रह गरेका छन् ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्ले शिविरमा निम्न तालिका राखिएको छ :

फागुन २९ गते : मृगौला परीक्षण तथा रक्तदान कार्यक्रम ।
फागुन ३० गते : मृगौला परीक्षण तथा आँखा शिविर ११-२ बजेसम्म ।

छालासम्वन्धि परीक्षण १-४ बजेसम्म ।
चैत १ गते : मृगौला तथा बाल मृगौला परीक्षण ।
चैत २ गते : मृगौला, पथ्थरी तथा माइलोमा परीक्षण ।
चैत ३ गते : मृगौला , दन्त रोग तथा रक्तचाप परीक्षण ।
चैत ४ गते : मृगौला, ल्यूपस नेफ्रैटिस तथा रक्त अल्पता परीक्षण ।
चैत ५ गते : मृगौला, मधुमेह तथा बाल मृगौला परीक्षण ।

विश्वभर मृगौलाका रोगी बढिरहेका बेला मृगौला स्वस्थ राख्न प्रत्येक वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस बनाउने गरिन्छ । विभिन्न तथ्याङ अनुसार विश्वभर ८ करोड ५० लाख भन्दा बढी मानिसहरु मृगौला रोगबाट पीडित छन् ।

किड्नी सेन्टरले यस अघि पनि यस्ता शिविरहरु सञ्चालन गर्दै आएको छ ।