logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार दिनदेखि झापा अर्जुनधाराकी संगीता बेपत्ता


अंकुरण खबर
1.287K
Shares

झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् ।

अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताएका छन् ।

घरबाट हिँडेको थाहा पाएपछि आफू पनि पछि पछि खोज्दै गएको र तर, बिर्तामोड पुगेपछि कहाँ गइन् पत्ता नलागेको रमबहादुरले बताए ।

चार दिनदेखि संगीताको पत्ता नलागेपछि राउत परिवारले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीका लागि निवेदन दिएका छन् । केही समययता मानसिक अवस्था ठीक नभएको संगीताको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरिँदै आएको थियो ।

संगीतालाई देख्नु हुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६०८४०८३९, ९८१६००१५६२ मा सम्पर्क गरिदिन समेत अनुरोध गरिएको छ ।