logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ हजार कोरोना संक्रमितको उपचारपछि वुहानको जिंहान अस्पताल बन्द


अंकुरण खबर
819
Shares

चीनले कोरोना भाइरस संक्रमणपछि संकटकालिन अबस्थामा खोलेको बुहानको अस्पताल बन्द गरेको छ ।

कोरोना संक्रमण फैलिएपछि ५ फ्रेब्रुअरीबाट संक्रमित विरामीको उपचार शुरु गरेको अस्पतालले निको भएका विरामीको विदाइ गर्दै बन्द गरेको हो ।

बुहानको जिंहान अस्पतालले ३५ दिनमा १२ हजार कोरोना संक्रमितको सफल उपचार गरेको जनाएको छ । १० मार्चमा मात्रै सो अस्पतालबाट कोरोना संक्रमित ४९ जना उपचारपछि घर फर्केको चिनियाँ समाचार एजेन्सीले जनाएका छन् ।

बुधबार उपचार पछि निको भएर घर फर्कने क्रममा ४९ जनाले चिकित्सकहरुसँग सामुहिक फोटो लिएर घर फर्केका छन् । अहिलेसम्म वुहानमा १६ वर्ग क्षमताको अस्पतालको सबै क्याबिन बन्द गरेको छ ।

तस्विर: पिपल्स डेल्लीबाट