logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा जिप दुर्घटना १२ घाइते, २ को अवस्था गम्भीर


अंकुरण खबर
689
Shares

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घताइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकबाट १ सय ५० मिटर तल खसेको हो। गम्भीर घाइते हुनेमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको छ। अन्य घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन।