logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस रकमसहित नायव शुब्बा र लेखापरिक्षक पक्राउ


अंकुरण खबर
767
Shares

कम्पनी राजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत नायव सुब्बा र लेखापरीक्षक गरी २ जना कर्मचारी पका्रउ परेका छन् ।

निजी कम्पनीको अभिलेख अध्यावधिक गर्न आएका सेवाग्राहीसँग लिएको ५ हजार रुपैयाँ घुससहित नायव सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको जनाएको छ ।