logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल नेशनल हस्पिटलमा धादिङका बिरामीलाई १५ देखि २० प्रतिशत छुट


अंकुरण खबर
3.328K
Shares

कलंकी स्थित नेपाल नेशनल हस्पिटलले धादिङ जिल्लाका बिरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ ।

बुधबार धादिङका सांसद् खेम प्रसाद लोहनीको उपस्थितिमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्याल र ज्यामरुङ्ग जनकल्याण समाज धादिङका अध्यक्ष कृष्णमान श्रेष्ठबिच सो विषयमा हस्ताक्षर भएको हो । बुधबारबाटै लागु हुने गरि गरिएको संझौतामा अस्पतालमा उपलब्ध सबै सेवामा १५ देखि २० प्रतिशत छुट हुने छ । छुटका लागि धादिङ जिल्लाबासी भएको प्रमाण सहितको आवश्यक कागजात ल्याउनु पर्ने छ ।

आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवि चिकित्सक तथा नर्सहरुद्धारा न्युन शुल्कमा नेपाल नेशनल हस्पिटलले प्रभावकारी उपचार सेवा दिदै आएको छ ।