आज देशका धेरैजसो ठाउँमा बदली हुने र केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य भू–भागमा सामान्य र बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ । त्यस्तै दिउँसोपख धेरै ठाउँमा बदली भई केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
आज दिउँसो पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरुमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । यसैगरी देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।