logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनिश्चित कालका लागि श्रम स्वीकृति बन्द


अंकुरण खबर
3.653K
Shares

सरकारले श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द गरेको छ । वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृत सरकारले अनिश्चित कालका लागि स्थगित गरेको हो ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब विदेश जाने विद्यार्थीहरुलाई पनि अप्रिल ३० अगाडि नो अब्जेक्सन सर्टिफिकेट पाउने छैनन् । यस अघि सरकारले देक्षिण कोरियामा मात्रै कामदार नपठाउने निर्णय गरेको थियो । यस्तै, तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

१४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।