विद्यालयबाट फर्कँदै गरेकी एक बालिका बलात्कृत भएकी छन्। ७७ वर्षीय वृद्धले १२ वर्षिया ती बालिकामाथि जवरजस्ती करणी गरेका हुन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका(५ जफतीका वृद्ध देबिबहादुर भट्टलाई जवरजस्ती करणीको आरोपमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललाईफकाई विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई भट्टले जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।