logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा ३ जना चढेको मोटरसाइकल पल्टियोः दुईको मृत्यु, एक घाइते


अंकुरण खबर
1.326K
Shares

भिमदत्त नगरपालिका–७ हल्दुखालमा बिहीबार बेलुकी ३ जना चढेको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया घर भई हाल भिमदत्त–७ बस्ने २१ वर्षीय दिनेश चन्द र मोटरसाइकलको पछाडि चढेका सोही स्थान बस्ने २१ वर्षीय सुरज धामी रहेको प्रहरीले जनाएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी साढे ८ बजे पल्टिँदा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा महेन्द्रनगर स्थित महाकाली अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका कैलालीको टिकापुर नगरपालिका–१ बस्ने १९ बर्षीय नविन बहादुर सिंहलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।