कोरोना भाइसको संक्रमणले अहिले विश्व आक्रान्त छ। यसको संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले संकटकालको घोषणा गरेको छ।
नेपालले कोरोना रोक्न विभिन्न पहल गरिरहेको छ। यस अघि नेपालमा देखिएको कोरोना भाइसको सक्रमणका कारण एक जना निको भएर घर फर्किसकेका छन्। तर यो रोग लागेर निको भएका व्यक्तिहरुको प्रजजन क्षमता कमजोर हुने यौन शक्तिमा कमी आउने र पुरुषको अण्डकोष विगार्ने चीनका डाक्टरहरुले जनाएका छन्।
तर यसको कुनै अध्ययनले भने प्रमाणित गरेको छैन्। चिनियाँ डाक्टकाअनुसार यसले अण्डकोषलाई विगार्ने र निको हुने वित्तिकै तत्काल आफ्ना अण्डोषको परीक्षण गर्न पनि सुझाब दिएका छन्। कोरोनाको उद्गम स्थल वुहानमा एक व्यक्तिको अण्डकोषको परीक्षण गर्दा यस्तो समस्या देखिएको वुहानको एक अस्पतालका प्रोफेसर डाक्टर लि युफुङले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै वुहानका डाक्टरले कोरोनाको संक्रमण भएर उपचार पछि घर फर्किएकाहरुले तत्ताका आफ्नो यौन परीक्षण तत्काल गराउन पनि सुझाब दिएका छन्। विश्वभर फैलिएको कोरोना संक्रमण १२७ देशमा पुगेको भने करिब ६ हजार मानिसले ज्यान गुमाइसकेका छन्।