logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाविरुद्धका मुद्दाको सुनुवाइ हुँदै


अंकुरण खबर
1.378K
Shares

द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमाथि सुनुवाइ भइरहेको छ।

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्यसमेत रहेका सापकोटाविरुद्ध अदालतमा परेको दुईवटा रिट र अदालतको अवहेलनासम्बन्धी अर्को मुद्दामाथि सुनुवाइ गर्न अदालतले आज पेशी तोकेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मुद्दाको सुनुवाई भइरहेको अदालतले जनाएको छ।

सापकोटाविरुद्ध काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको अभियोग लागेको छ। २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चार किल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो।

लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भएको भन्दै लामाकी पत्नी पूर्णिमाया लामाले दायर गरेको जाहेरी दरखास्तलाई ०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो। तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो।