मोरङ सुनवर्षी–८ हर्चनगढी स्थितबाट ३ भारतीय नागरिक कटुवा पेस्तोल सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगञ्ज पञ्चायत पलासी थाना डकैता भारत बस्ने २१ वर्षीय अजय कुमार मण्डल, १८ वर्षीय आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह रहेको १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बिहीबार राति सवा ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुलाई १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।