logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव फेला


अंकुरण खबर
845
Shares

जनकपुरधाममा एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको आज शव फेला परेको हो ।

स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन्। शुक्रबार बिहान घुम्न निस्केका मानिस पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।