logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)


अंकुरण खबर
819
Shares

धनुषामा घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। अत्यधिक मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो भने गम्भिरमध्ये थप एक जनाको आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल र परवाहाका गिरिजानन्द झा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका थिए ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ ।

घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ।