logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस वर्ष पर्वतारोहणका लागि दिइएका सबै अनुमति सरकारद्वारा रद्द


अंकुरण खबर
936
Shares

सरकारले यस वर्षको बसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ। सरकारले यस वर्ष बसन्त ऋतुभरका लागि दिइएको पर्वतारोहणको अनुमति रद्द गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २९ फागुनमा बसेको बैठकले अनुमति लिइसकेका सबै हिमाल आरोहण सम्बन्धि अनुमतिपत्र रद्द गर्ने निर्णय गरेको हो।

यो निर्णयपछि १ चैतदेखि १८ वैशाख २०७७ सम्मका लागि कसैले हिमाल आरोहण गर्न पाउने छैनन्।

सरकारले सगरमाथा आरोहणका लागि दिइएका सबै अनुमति समेत रद्द गरेको छ। यसअघि चीनले पनि उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण गर्न रोक लगाइसकेको थियो।

यस वर्ष पर्वतारोहण अनुमति नदिइने