logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीमा एकजनालाई कोरोनाको आशंका


अंकुरण खबर
884
Shares

कैलालीको धनगढीमा चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना भाइरसको जस्तो लक्षणसहित अस्पताल पुगेका एकजनालाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो । बिहीबार ती व्यक्ति अस्पताल पुगेको डा. जगदिश जोशीले जानकारी दिए ।  ती व्यक्ति केहीदिनअघि चीनबाट फर्किएका थिए ।

अस्पतालले दुईवटा बेड आइसोलेसनका लागि छुट्टाएको छ। ती व्यक्तिको ल्याब परीक्षण रिपोर्टका लागि नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।