दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको हो । यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने समीक्षा संर्गौलाले मृर्गौला दान दिएकी थिइन् । समीक्षा फागुन २८ गते नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।
