बाख्रा चराउन गएका एक स्थानीय आफैंले चलाएको बन्दुकको गोली लागेर घाइते भएका छन् ।
बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा उनी घाइते भएका हुन् । नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन् ।
बन्दुक चलाउँदा शाहीको खुट्टा र हातमा गोली लागेको छ । घाइते शाहीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार प्रदेश अस्पताल सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।