logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लूएचओको चेतावनी : अब कोरोना भाइरसको इपिसेन्टर युरोप


अंकुरण खबर
715
Shares

कोरोना भाइरसको केन्द्रविन्दु (इपिसेन्टरं) अब युरोप भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मूख्य क्षेत्र अब युरोप रहेको डब्लूएचओले जनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डब्लूएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले  ‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु भएको बताएका छन् । उनले भनेका छन् ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। यो भयानक आगो फैलन दिनु हुँदैन ।’

चीनले कोरोना भाइरसको संक्रमण अन्त्य भएको घोषणा गरिरहदा अन्य मुलुकमा भने यसको संक्रमण अत्याधिक फैलिएको छ ।