logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पति–पत्नीबीचको झगडा छुट्ट्याउन जाँदा शिक्षिकाको हत्या


अंकुरण खबर
832
Shares

पति–पत्नीबीचको झगडा छुट्ट्याउन जाँदा मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हीरादेवी कटुवाल कार्कीको हत्या भएको हो। मंगलबार बिहान साढे ८ बजे विद्यालय हिँडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन्। कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ।

रम्तेलकी पत्नी पतिसँग नमिलेर माइत मोलुङ गाउँपालिका–५ प्राप्चामा बस्दै आएकी थिइन्। पत्नीलाई लिन गएका रम्तेल ससुराल गएका थिए। त्यसक्रममा उनीहरूबीच कुटाकुट भइरहेको समयमा शिक्षिका कार्की छुट्ट्याउन गएको र हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रविराजले कार्कीको हत्या गरेको स्विकारेका छन्।

ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। ‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्ट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ तर थप तथ्य आउन बाँकी छ,’ प्रहरी निरीक्षक बस्नेतले भने। मृतक कार्कीको टाउकापछाडिको भाग र चिउँडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए।

प्रहरी स्रोतका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार धरौटी र करिब दुई महिना कारागारमा कैद भुक्तान गरी भर्खरै छुटेका थिए । यो समचार नागरिक दैनिकबाट