भक्तपुरमा टिपरले ठक्कर दिँदा १८ महिने शिशुको ज्यान गएको छ ।
चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।
सोही इँटा भट्टामा काम गर्ने सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।