logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्यास प्रशस्त छ, भण्डारण गरेर नराख्नुस् : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय


अंकुरण खबर
975
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई ग्यास भण्डारण गरेर नराख्न अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ग्यासको आपूर्ति भारतबाट नियमित रूपमा भइरहेकाले जम्माखोरी नगर्न आग्रह गरिएको हो ।

मन्त्रालयकाअनुसार ग्यासको आपूर्ति सहज गर्न यो महिनामा नियमित खपतभन्दा अतिरिक्त ११ हजार टन ग्यास आयात गर्ने प्रक्रियामा छ। नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी पाँच नाकाबाट नेपालमा दुई सय ८९ बुलेट ग्यास भित्रिएको छ ।

उपभोक्ताले आवश्यकताभन्दा धेरै ग्यास भण्डारण गरेर राख्दा बजारमा ग्यास सटेज भएको भन्दै आवश्यकता भन्दा धेरै ग्यास नराख्न अनुरोध गरेको हो । यस अघि नै ग्यासमा कालोबजारी गर्ने जो कोहीलाई कारबाही गर्ने मन्त्रालयले जनाइसकेको छ । तर बजारमा हल्लाकै भरमा ग्यास लगाएत दैनिक उपभोग्य सामान सहजै पाउन गाह्रो भएको छ ।