logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आजदेखि विदशेबाट आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने : अतिआवश्यक काम बाहेक नेपाल नआउन सरकारको आग्रह


अंकुरण खबर
1.131K
Shares

आजबाट चीन र भारत हेकका विदेशीले स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । कोरोना भाइरसप्रति सतर्कता अप्नाउन भन्दै आज (शविबार) रातिदेखि भारत र चीन बाहेक अन्य विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेशमा रोग लगाइएको छ ।

सरकारले शनिबार राति १२ बजेदेखि आउँदो वैशाख १८ गतेसम्म स्थलमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई रोक लगाएको हो। साथै नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाले विश्वमानै महामारीको रुप लिरहेको बेलामा विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि आजै बाट वैशाख १८ गते सम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

त्यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ।  यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ।