logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्लोअपका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि आइतबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टन्ट निकाल्न अस्पताल  गएका हुन्। केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने थापाले बताए।

गत २१ गते मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका छन् ।