logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु


अंकुरण खबर
715
Shares

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–२ मा शनिबार साँझ ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय कैलाश सरदार रहेको प्रहरीले जनाएको छ ।

सकरदही कोशीबाँधको बाटोमा ना ३ त १००३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा वीपि कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।