आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ४७ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ९१ पैसा छ।
