logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्ने क्रम जारी


अंकुरण खबर
858
Shares

सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुन तोलामा १ हजार ५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा  ७८ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।