logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ


अंकुरण खबर
767
Shares

एपीएफ टोलीले महोत्तरी जिल्लाबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।

महोत्तरीको सम्सी गाँउपालिका-६ कनहस्थित सीमा इलाकाबाट शुक्रबार गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका–२ बस्ने २२ वर्षीय बिरेन्द्र मण्डल रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले मण्डललाई कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।