logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट नेपाल आउने आजदेखि १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने


अंकुरण खबर
1.326K
Shares

अध्यागमन विभागले विदेशबाट नेपाल आउने नागरिकहरुलाई कडाई गर्ने भएको छ ।

कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न आजबाट नेपाल आउने सबैले १४ दिन क्वारेनटाइनमा बस्नु पर्ने भएको हो ।

विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले उक्त शर्त पालना गर्नुपर्ने बताएको छ ।

यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले जनाएको छ ।