logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खालबाट ६ जना जुवाडे पक्राउ


अंकुरण खबर
663
Shares

काठमाडौंको नागार्जुन नगरपालिका-८ भिमढुङ्गास्थित दीपकराज भट्टराईको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

धादिङ गजुरी गाउँपालिका-९ घर भई हाल नागार्जुन नगरपालिका-८ बस्ने ३० वर्षीय लीलाबहादुर तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नगद २६ हजार ७ सय रूपैयाँ र १२ बुक तास पनि बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो।