logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिराहामा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु


अंकुरण खबर
611
Shares

सिराहा नगरपालिका–२२ मा आज बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ठक्करबाट स्थानीय नरेश कुमार सिंहको २ वर्षीय छोरा पंकजको मृत्यु भएको हो । आज बिहान पौने ११ बजे घ १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्नामाले जनाएको छ ।

बस चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।