अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ ।
नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको हो ।
सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बाक्लो असिनाले चुटेर नै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।