logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा एक जनामा कोरोना सङ्क्रमणको आशङ्का


अंकुरण खबर
884
Shares

झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौं ल्याइएको छ ।

ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

चिकित्सकले उपचारका लागि निजलाई काठमाडौं सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। रानाका अनुसार ,‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’