नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापड हान्ने पदम कुँवर पक्राउ परेका छन् ।
शनिबार बानेश्वरस्थित संसद् भवनबाट कुँवर पक्राउ परेका हुन् । पक्राउ परेका कुँवरले ८ वर्षअघि भृकुटीमण्डपमा आयोजित तत्कालीन माओवादीको चियापान कार्यक्रममा प्रचण्डलाई झापड हानेका थिए ।
उनलाई पक्राउ गर्न विगतको घटनासँग सम्बन्धित भने नरहेको प्रहरीले जनाएको छ । संसद् भवनको शौचालयमा प्रवेश गरेका कुँवरले प्रहरीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको लिइएको हो ।