logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ६४.१४ अंकले ओरालो लाग्यो


अंकुरण खबर
1.313K
Shares

गत हप्तादेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार पनि घटेको छ ।

नेप्से आज पनि ६४.१४ अंकले घटेर १ हजार ३ सय १३ दशमलव ०४ विन्दुमा थामिएको छ भने २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ बराबरको कारोबार भएको छ ।

१७४ कम्पनीको किनबेच भएकोमा तीन वटा कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन्। युनाइटेड मोदी, सिन्धु विकास बैंक र ओमी माइक्रोफाइनान्सले एक प्रतिशतभन्दा कमले कमाएका हुन्।

बजारका सबै उपसूचक ओरालो लागेका छन्। खासगरी जीवन बीमा ६२२ र निर्जीवन बीमा ४१७ अंकले झरेको छ। बाणिज्य बैंक समूह पनि ५७ अंकले झरेको छ भने अन्य समूह १८ अंकले ओर्लिएको छ।

लघुवित्त सूचक ९३ अंकले छटेको छ। सामूदायिक लघुवित्त र हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन्। नौं वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले घटेको छ।

आज सर्वाधिक सेयर किनबेच नेपाल लाइफ, एनआइसी एसिया र एनएमबि बैंकको भएको छ। नेपाल लाइफको १७ करोड ३६ लाख, एनआइसी एसिया ११ करोड ४६ लाख र एनएमबि बैंक १० करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।