logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ जिल्लाका सिडिओको सरुवा भयो (नामावली सहित)


अंकुरण खबर
2.483K
Shares

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, मकवानपुरमा दीपकराज नेपाल, तनहुँमा बद्रिनाथ अधिकारी,सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा र सिराहामा सरोजकुमार गुरागाईको सरुवा गरेको हो ।

यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ । साथै,अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने, विभागमा प्रदिपराज कँडेललाई कारागार व्यवस्थापनमा सरुवा गरिएको छ ।