logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना नियन्त्रणका लागि सार्क भिडियो कन्फरेन्स शुरु


अंकुरण खबर
1.287K
Shares

कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न जोखिम नियन्त्रणका लागि साझा रणनीति तय गर्न दक्षिण एशियाली मुलुकका नेताहरुको भिडियो कन्फरेन्स सुरु भएको छ।

कन्फरेन्समा आज प्रधानमन्त्री केपी ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट भाग लिइरहेका छन्।

मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत् राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए। मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए।

लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन।