logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सोमबार अमेरिकामा गरिने


अंकुरण खबर
2.34K
Shares

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको पहिलो खोपको मानवमा परीक्षण अमेरिकामा हुने भएको छ ।

सोमबार अमेरिकाको सीयाटलमा खोप परीक्षण गरिने भएको हो । सो परीक्षणका लागि ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुने छन् । अमेरिकाले खर्च उपलब्ध गराएको यो परीक्षणमा सहभागी कोरोना संक्रमित नभएका स्वयंसेवीहरू हुन ।

सो खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (एमआरएनए)को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोना भाइसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गरिनेछ । परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ ।

मोडेर्ना नाम गरेको निर्माताले सो खोपको निर्माण गरेको हो । कोरोना भाइरस विरुद्धको नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।