logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोर्चुगलमा एक नेपालीलाई कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
2.561K
Shares

पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ।

पोर्चुगल फारोमा कृषी मजदुरका रुपमा काम गर्दै आएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो।   कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टी भएपनि उनको नाम, उमेर तथा स्थान गोप्य राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वका १५७ देशमा देखिएका छन्। कोरोना भाइरसबाट अहिलेसम्म ६ हजार ५ सय १६ जनाको ज्यान भएको छ भने १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमित छन्।