logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सतुंगलमा अवैध रुपमा राखेको ६ ट्रक मास्क भेटियो, केहीबेरमा सार्वजनिक गरिदै


अंकुरण खबर
832
Shares

काठमाडौंको सतुंगलमा प्रहरीले अवैध रुपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क फेला पारेको छ ।

कोरोना भाइरस संक्रमण हुने त्राससँगै मास्कको कालोबजारी बढेको हो । सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उक्त मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने बारेमा केही खुलेको छैन । पछिल्लो समयमा बजारमा मास्कको ब्यापक कालोबजारी भइरहेको छ ।

आइतबारमात्रै प्रहरीले कपनबाट १ लाख ५० हजार थान मास्कसहित ७ जनालाई पक्राउ गरेको थियो ।