दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ९ बजेको समयमा दाङ तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानकी ५५ वर्षीया सुशिला वली रहेकी छन् । उनी लडेर गम्भिर घाइते भएकी थिईन् । घाइते वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बस र चालकलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।