logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भण्डारी दम्पती हत्या प्रकरण : १७ दिनपछि आफ्नै छोरा पक्राउ


अंकुरण खबर
3.055K
Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा आफ्नै छोरा १७ दिनपछि पक्राउ परेका छन् ।

हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। भण्डारीलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजो मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भरत ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।  एसपी मरासिनीले भने, ‘घटनास्थलबाट हामीले मोबाइलको हेडफोन बरामद गरेका थियौं । अनुसन्धान गर्दै जाँदा भरतले प्रयोग गर्ने मोबाइल र बरामद भएको हेडफोन एउटै कम्पनीको देखियो । शुरुदेखि नै हाम्रो निगरानीमा रहेका उनले पक्राउपछि हत्या आफूले नै गरेको साविती बयान दिएका छन् । हत्या पारिवारिक कारणले भएको देखिन्छ ।’

जयलालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि धनासँग विवाह गरेका थिए । बाबु-आमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बेहोस अवस्थामा भेटिएकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।

गएको फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत्त अवस्थामा भेटिएका थिए ।