रौतहटमा सशस्त्र प्रहरीले दुई थान बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान रौटहट यमुनामाई गाउँपालिका–३ राजपुर तुलसीबाट सशस्त्र प्रहरीले ४९ वर्षीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको टोलीले उनलाई चेक गर्दा उनीबाट दुई थान बन्दुक भेटिएको जनाइएको छ ।
प्रहरीले चाइनिज पेस्तोल एक थान, म्यागजिन एक थान, ७.६५ मि.मि. बाल राउण्ड दुई गोटा, कटुवा पेस्तोल एक नाल समेत बरामद गरेको छ ।
साथै मोबाइल दुई थान, तीन हजार ४८० नेपाली नगद, २१ भारतीय रुपैयाँ, एक साउदी रियाल, नेपाली नागरिकता, सवार अनुमति पत्र र ब्लूबुक पनि बरामद भएको प्रहरीले जनाएको छ ।