logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको असर मेलम्ची आयोजनामा नपर्ने, असोजमै पानी आइपुग्ने 


अंकुरण खबर
936
Shares

मेलम्ची खानेपानी आयोजनाले कोरोना भाइरसका कारण आयोजनालाई कुनै असर नपर्ने बताएको छ।

चिनियाँ ठेकेदार र र चिनियाँ कामदार भए पनि आयोजनाको काममा भने असर नपरेको आयोजनाले स्पष्ट पारेको हो।

मेलम्ची आयोजनाका प्रमुख तिरेश खत्रीले मेलम्ची आयोजनामा लाग्ने सम्पूर्ण सामग्रीको जोहो भइसकेको र चिनियाँ कामदार तथा नेपाली कामदारले काम गरिरहेकोले आयोजनामा कुनै असर नपर्ने बताए।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले पनि मेलम्चीको कामलाई कोरोनाले कुनै असर नगर्ने बताए । उनले भने, ‘आयोजनास्थलमा २५० जना नेपाली र ५० जना विदेशी कामदार अहोरात्र खटेर काम गरिरहेका छन्। आयोजनाको लागि चाहिने सामग्री पनि नेपालमै पाइने भएकोले केही असर गर्दैन।’

ठेकेदार कम्पनीले बोनस खाने गरी काम सक्ने दाबी गरेको र आयोजना समय अगावै सकिनेमा आफू ढुक्क रहेको पनि पन्तले बताए।

मेलम्ची आयोजनाले आगामी असोजमा काठमाडौंमा पानी भित्र्याउने गरी खानेपानी मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेको छ।