logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्ततः सम्हालियो नेप्से


अंकुरण खबर
2.067K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन सोमबार अन्ततः सम्हालिएको छ । बजार खुलेदेखि नै उत्तारचढाव भएको नेप्से अन्ततः सम्मालिएको हो ।

आज नेप्से ३ दशमलव ३५ अंकले बढेर १ हजार ३ सय १६ दशमलव ३९ विन्दुमा थामिएको छ भने १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ को कारोबार भएको छ । होटल, म्यानुफ्याक्चरिंग र म्युचुअल फण्ड बाहेक सबै समुह उकालो चढेका छन्।

१८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर किनबेच भएकोमा नेपाल लाइफको सर्वाधिक १५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआइसी एसिया बैंकको १२ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

एनएमबी बैंकको ९ करोड ६६ लाख मूल्य बराबरको सेयर खरिद बिक्रि भएको छ ।