logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक राष्ट्रियसभाबाट स्वीकृत


अंकुरण खबर
1.04K
Shares

राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’स्वीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस् भनी राष्ट्रियसभामा विधेयक प्रस्तुत गरेका हुन्। फागुन ११ गते संसदमा दर्ता भएका दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए ।

‘हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक काम गर्ने अलगअलग संस्था हुन्, त्यसैले एकै ठाउँमा राख्दा चाहना बाझिने र घटना घट्दा अधिकार र दायित्वको विषयमा अलमल हुँदा विधेयक ल्याउनुपरेको हो ।’ मन्त्री भट्टराईले भने ।

मन्त्री भट्टराईले हवाई सेवाको क्षेत्रमा दुबै संस्था अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उड्डयन क्षेत्रको सञ्चालन, व्यवस्थापन, प्रशिक्षण र नियमनमा यसले थप उचाँइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे । युरोपेली सङ्घ (इयू) ले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको विषयमा सांसदहरुले उठाएको प्रश्नमा उनले दायित्व र जिम्मेवारीमा द्वन्द्व भएकाले विगतमा समस्या उत्पन्न हुने गरेको स्वीकार गर्दै ऐन आएपछि भने उक्त समस्या हल हुने विश्वास दिलाए ।