logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले पर्यटन व्यावसाय तहसनहस : सहयोग गर्ने सरकारको आश्वसन


अंकुरण खबर
897
Shares

कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा धेरै घाटा भएको भन्दै व्यावसायीले गुनासो गरेका छन् ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले व्यावसायीका गुनासाको सुन्वायी गर्न भन्दै उनीहरुलाई परेको वास्तविक समस्या जानकारी गराउन आग्रह समेत गरेका छन् ।

नेपालमा कोरोना नदेखिए पनि अन्तर्राष्ट्रिय रुपमा महामारीको रुप लिदै गएकोले यसका कारण पर्यटन व्यावसायमा धेरै नोक्सान पुगेको छ । यस्तो अवस्थालाई भावनात्मक भन्दा पनि प्राथमिकताका आधारमा समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन उपप्रधानमन्त्रीले आग्रह गरेका हुन । उनले व्यावसायीलाई सहयोग गर्ने आश्वसन दिदै व्यवसायीहरुले पनि इमान्दार भएर समस्याको समाधानमा लाग्नुपर्ने बताएका छन् ।

अहिले होटल, एयरलाइन्स, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, लगाएतका क्षेत्रमा धेरै घाटा भएको व्यावसायीहरुको गुनासो छ ।